२३ श्रावण २०८३, शनिबार | August 8, 2026

कल्की जयन्ती मनाइँदै



काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल सप्तमीका दिन मनाइने कल्की जयन्ती आज मनाइँदै छ ।

कल्की भगवान् विष्णुको दशौँ अवतार हो । वैदिक सनातन धर्म अनुसार यो भविष्यमा हुने अवतार मानिन्छ । कल्की अवतार कलियुगको अन्तिम अवस्थामा हुन्छ ।

जब कलियुगमा सबैतिर लुटमार, हिंसा, अत्याचारलगायत बढ्छ त्यसपछि यो अवतार हुने विषय विभिन्न पुराणमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउछन । उन भने, “त्यस समयमा अधर्मी पापीको नाशसँगै कलियुग समाप्त हुन्छ ।”

कल्की अवतारपछि कलि युग समाप्त भई सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ । पुराणमा उल्लेख भएको कथाअनुसार कलियुगमा पापको सीमा नाघेपछि दुष्टहरूको संहार गर्नका लागि कल्की अवतार प्रकट हुन्छ ।

‘सम्भल ग्राम मुख्यस्य ब्राह्मणस्य महात्मन: भवने विष्णुयशस: कल्कि प्रादुर्भविष्यति ।।’ अर्थात् – सम्भल ग्राममा विष्णुयश नामको श्रेष्ठ ब्राह्मणको पुत्रको रूपमा भगवान् कल्कीको जन्म हुनेछ । भगवान् कल्की देवदत्त नामको घोडा चढेर सवारी भई आफ्नो तलवारले दुष्टहरूको संहार गर्नु हुने मान्यता छ । त्यसपछि सत्य युगको प्रारम्भ हुने विश्वास गरिएको छ । कल्की अवतार कलि युगको अन्त्यका लागि हुने मान्यता छ । कल्की भगवान्को कथा कल्की, अग्निलगायत पुराणमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : ०४ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै