२३ श्रावण २०८३, शनिबार | August 8, 2026

कालिका भगवतीलाई खिर !



बागलुङ । उसो त साउनमा खिर खाने नेपाली चलन नै हो । साउन १५ लाई खिर खाने दिनले पनि चिनिन्छ । यहाँको प्रसिद्ध शक्तिपीठ कालिका भगवतीमा पनि वर्षमा एकपल्ट खिर चढाउने परम्परा छ । त्यो साउनको कुनै पनि तिथिमा पर्न सक्छ ।

यसपालि भने पण्डितले मङ्गलबारलाई साइत जुराएका थिए । मन्दिरका मूलपुजारी जयबहादुर खड्काले साउनमा शक्तिस्वरुपा देवीलाई खिर चढाउने परम्परा रहेको सुनाए । “मङ्गलबार बिहान ९ बजेको शुभसाइतमा देवीलाई खिर चढाइयो”, उनले भने, “यो हाम्रा पूर्वजले बसालेको परम्परा हो ।”

पहिले–पहिले मन्दिरमा चढाएपछि मात्र बल्ल घर–घरमा खिर पकाएर खाने चलन रहेको पुजारी खड्काले बताए । उनका अनुसार मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खिर चढ्दैन । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खिर चढाउने गरिन्छ ।

नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका दर्शनार्थीलाई प्रसादीका रूपमा खिर खुवाउने गरिएको पुजारी खड्काले उल्लेख गरे । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भरतबहादुर खड्काले कालिका देवीलाई खिर खुवाउने चलन मौलिक संस्कृतिका रूपमा जीवित रहेको बताए ।

“विसं १५९१ मा मन्दिर स्थापना भएदेखि नै साउन महिनामा देवीलाई खिर चढाएर मात्र घर–घरमा खिर फुक्ने गरेको हाम्रा पितापुर्खाले बताउने गर्नुहुन्थ्यो, सोही परम्परालाई हामीले पनि धान्दै आएका छौँ”, उनले भने, “साउन महिनामा खिर खाने नेपाली मान्यतासँग यो पनि सम्बन्धित छ ।”

समितिका सहसचिव अर्जुन खड्काका अनुसार देवीलाई खिर चढाउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहित विशिष्ट व्यक्तिहरू सरिक भएका थिए । आमन्त्रित पाहुना र भक्तजनलाई प्रसादस्वरुप खिर खुवाइएको थियो । “ऊबेला घर–घरबाट दूध ल्याएर मन्दिर परिसरमै खिर पकाउने चलन थियो”, उनले भने, “अहिले भैँसी पाल्ने चलन हटेपछि बजारबाट दूध किन्नुपर्छ ।”

दूधलगायत सबै सरसामानको जोहो गरेर समितिले नै खिर खुवाउने कार्यक्रमको प्रबन्ध गर्ने गर्छ । झण्डै पाँच सय वर्षअघि स्थापना भएको कालिका भगवती मन्दिर देशमै प्रख्यात शक्तिपीठ मानिन्छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विश्रवादेवीसँग विवाह गर्दा देवीलाई दाइजोस्वरुप ल्याएको इतिहासमा उल्लेख छ ।

देवीको मूर्तिसहितको डोली अरु कसैले उचाल्न नसकेपछि बागलुङबाट शिकारीको भेषमा गएका चक्र पूँवार खड्काले खड्ग समातेको र यहीँबाट गएका लमगाउँका मगरले डोली बोकेर ल्याएको बताइन्छ । डोली ल्याउने क्रममा बागलुङ नगरपालिका–१ स्थित जङ्गलमा बिसाइएको र पुनः डोली उठाउन खोज्दा नसकेपछि त्यहीँ देवीलाई प्रतिस्थापन गरिएको किंवदन्ती छ ।

स्थापनाकालको सुरुमै मन्दिरको पुजारीका रुपमा चक्र पूँवार खड्कालाई जिम्मा दिइएको र पछि पनि मूलपुजारीका रूपमा पूँवार खड्काकै सन्तति रहने परम्परा बसेको समितिका सचिव खड्काले बताए । कालिका देवीको पूजाआजा र भाकल गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ८ : १५ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै