११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेपालका सीमावर्ती तिब्बती गाउँमा गुडविल फाउन्डेशनको ग्रामीण पुनरोत्थान कार्यक्रम सम्पन्न



तिब्बत । चीनको तिब्बत स्वायत्त प्रदेशमा शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा सक्रिय संस्था गुड विल फाउन्डेसनले नेपाल तिब्बत सीमा क्षेत्रमा ग्रामीण पुनरोत्थान कार्यक्रम संचालन गरेको छ ।

फाउन्डेशनले यही जुलाई २२ देखि ३१ सम्म तिब्बतका केरुङ, ल्हात्जे र रिन्बुङ काउन्टीमा ग्रामीण पुनरुत्थानलाई सहयोग कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमले २००० किलोमिटर भन्दा लामो क्षेत्रमा रहेका तिब्बती गाउँलाई समेटेको थियो । करिब २३ लाख रुपैयाँ खर्च गरिएको सो कार्यक्रमबाट ११७ घरपरिवारका साना बालबालिका र गाउँले गरी ८६२ जना एवं ८ वटा राष्ट्रिय एकता गाउँका नमुना परिवार लाभान्वित भएको फाउन्डेशनले जनाएको छ ।

यो कार्यक्रम छियाङगोङ (रेजा टाउनसिप, ल्हात्जे काउन्टी), वुमुजोङ (लिउ टाउनसिप), रिनबुङ, सिङ्शिया (रिनबुङ टाउनसिप, रिनबुङ काउन्टी), काङ्बेई (गोङडाङ टाउनसिप, केरुङ काउन्टी), सेकियोङ, रबी (सलेम टाउनसिप केरुङ काउन्टी) र दामन लगायतका गाउँहरूमा आयोजना गरिएको थियो ।

कार्यक्रमलाई तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभाग, गाउँ कार्य टोली र स्वयंसेवकहरु द्वारा समर्थन र निर्देशन गरिएको थियो । कार्यक्रमका लागि तिब्बतस्थित वेइडहुआङ जिङ्गु खाद्यान्न कम्पनीले ७८ हजार आरएमबी बराबरको खाद्यान्न, तेल र अन्य सामग्रीहरू सहयोग गरेको थियो । यसैगरी गुडविल फाउन्डेशन स्वयंले स्थानीय मन्टेश्वरीहरुलाई शिक्षण सामग्री, स्टेशनरी र बालबालिकाका लागि स्वच्छ खाद्य सामाग्रीहरु सहयोग गरेको थियो । कार्यक्रममार्फत चिनियाँ समाज, हेरचाह गर्ने उद्यमी र असल मन भएका व्यक्तिहरूमार्फत सीमावर्ती क्षेत्रका गाउँलेहरूलाई ‘निरन्तर राष्ट्रिय एकताको कथा’ लेख्न पठाइएको थियो ।

वेइडहुआङ जिङ्गु खाद्यान्न कम्पनीका सचिव झाङ जी र कम्पनीका महाप्रबन्धक हे चेङबिनले चिनियाँ केन्द्रीय राज्य–स्वामित्वको उद्यमको रूपमा, बेइडाहुआङ कम्पनीले सामाजिक उत्तरदायित्वलाई बहन गरी ग्रामीण क्षेत्रको पुनरुत्थानमा योगदान गर्न पाउँदा धेरै खुशी लागेको बताए । उनले चीन तिब्बतको दक्षिणपश्चिम सिमानामा सबै जातीय समूहका मानिसहरूको पुस्ता रहेको बताउँदै उनीहरुले विकास निर्माणमा उल्लेखनीय योगदान पु-याएको बताए । उनले तिब्बत स्वायत्त प्रदेशको ग्रामीण क्षेत्रको पुनरुत्थान र सबै जातीय समूहहरूको साझा लक्ष्य प्राप्तिका लागि सम्पूर्ण समाज एकजुट हुन आवश्यक रहेको बताए ।

कार्यक्रमको क्रममा, गुडविल फाउन्डेशनको टोलीलाई स्थानीय स्वयंसेवकहरूले सहयोग गरेका थिए । टोलीले गाउँलेहरूसँग बसेर जीवनमा आएको परिवर्तन, ग्रामीण विकास र गाउँलेको आम्दानी, बालबालिकाको आधारभूत शिक्षा र राम्रो जीवनको अपेक्षाबारे कुराकानी गरेको थियो ।

कार्यक्रमका दौराम ग्रामीण पुनरुत्थानलाई दिगो रूपमा मद्दत गर्न, जनताका आधारभूत आवश्यकताहरूबारे फाउन्डेसनको टिमले अनुसन्धान पनि थियो । उनीहरुका अनुसार रवि, सेक्योङ र काङ्बेई गाउँमा सडकको अवस्था सुधार गर्न समय लाग्न सक्छ । त्यहाँ बिजुलीको समस्या सौर्यऊर्जा उपकरणद्वारा मात्र समाधान गर्न सकिने देखिएको छ । यस्तै हरितगृह तरकारीखेती र कुखुरा पालन प्रविधि अझै सुधार गर्न आवश्यक देखिएको फाउन्डेशनले जनाएको छ । रबी गाउँ पहुँचमार्ग र बजार क्षेत्रबाट निकै टाढा रहेको र त्यहाँ बालबालिकाका लागि मन्टेश्वरी समेत नभएको देखिएको छ । बालबालिकाका खेलौना र पढ्ने पुस्तकहरू छैनन् । वुमुजोङ, रिनबुङ, सिङ्शिया गाउँमा गाईवस्तु र भेडा प्रजनन सहकारीहरूलाई दाना र बजारीकरणको आवश्यकता देखिएको छ । गाउँलेहरूको रोजगारी र आय वृद्धि गर्न सीप सिकाउँदै स्थानीय लाभदायक लघु उद्योगहरूको विकास गनुपर्ने देखिएको छ । स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्न र श्रमशक्तिको उचित प्रयोग गरी जनताको आम्दानी बढाउन र बालबालिकाको कठिनाइ समाधान गर्न यी ठाउँमा अझै धेरै काम गर्न बाँकी रहेको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले गाउँको एक एक समस्या र समाधानका उपायहरु रेकर्ड गरेको छ ।

स्थानीय सामाजिक संघसंस्थाहरुले नै ग्रामीण पुनरुत्थानमा धेरै मद्दत गर्न सक्ने फाउन्डेशनले जनाएको छ ।

तिब्बत स्वायत्त प्रदेशमा क्रियाशील गुडविल फाउन्डेशन चीनको गरिबी निवारण अभियानमा सक्रिय संस्था हो । फाउन्डेशनले फाउन्डेशनले नेपालमा पनि गरिबी निवारण र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहरको समयमा फाउन्डेशनले नेपाललाई सर्जिकल मास्क, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ३५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा