६ आश्विन २०८३, मंगलबार | September 22, 2026

गार्गी एकेडेमीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना



बुटवल । बुटवल-११ देवीनगरस्थित गार्गी एकेडेमीले विद्यालयलबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई मंगलबार बधाई तथा शुभकामना प्रदान गरेको छ ।

शैक्षिक सत्र २०७८ को एसईई परीक्षामा विद्यालयबाट ३३ जना विद्यार्थी सहभागी थिए । स्थापनाको छोटो समयमै यस क्षेत्रमा प्रतिष्ठित एवं उदयीमान शैक्षिक संस्थाको रूपमा विद्यालय स्थापित भइसकेको छ ।

साथै सो अवसरमा एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विभिन्न विषय अध्यापन गराई उत्कृष्ट नतिजा प्राप्त गराउन सफल विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले छोटा समयमै विद्यालय अब्बल शैक्षिक संस्था रूपमा स्थापित भएको बताए । उनले विद्यालयका आउँदा शैक्षिक यात्रा झनै सुखद हुँदै जाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापाले अरुको दबाबमा उच्च शिक्षा नरोजी आफ्नो क्षमता र रुचिलाई मध्येनगर गरी विषय छनौट गर्न विद्यार्थीलाई आग्रह गरे ।

विद्यालयका प्राचार्य भुवन अधिकारीको स्वागतमा भएको कार्यक्रममा विद्यालय शिक्षा उपसमिति सदस्य कमल नेपाल, विद्यालय सञ्चालक समिति सदस्य लोकराज शर्मा लगायत बोलेका थिए । कार्यक्रमको सञ्चालन नवराज न्यौपानेले गरेका थिए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  १० : ०१ बजे

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा