४ पुस २०८२, शुक्रबार | December 20, 2025

अलकायदाका नेता मारिएको बारेमा तालिबान बेखबर



एजेन्सी । तालिबानले काबुलमा अमेरिकी ड्रोन हमलामा अल कायदा नेता अयमान अल–जवाहिरी मारिएको अमेरिकी ‘दावी’ को छानबिन गरिरहेको जनाएको छ । जवाहिरी मारिएको भन्ने स्थानमा उनी भए/नभएको बारेमा समूहलाई केही थाहा नभएको तालिबान अधिकारीले बताएका छन् ।

‘दाबीबारे सरकार र नेतृत्वलाई केही थाहा छैन् । नत कुनै संकेत नै छ’, दोहामा रहेको संयुक्त राष्ट्र संघका लागि तालिबान प्रतिनिधि सुहेल शाहिनले भने ।
अमेरिकाले ड्रोन हमलामा जवाहिरी मारिएको जनाएको थियो । आइबार काबुलस्थित एउटा घरको बाल्कोनीमा लुकिरहेको अवस्थामा उनी ड्रोन हमलामा मारिएका थिए । उनको मृत्यु अलकायदाका लागि ठूलो झट्का बताइएको छ ।

उनको हत्याबारे अनुसन्धान भइरहेको उनले बताए । ‘दावीको सत्यता पत्ता लगाउन अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने । अनुसन्धानको नतिजा सार्वजनिक गरिने शाहिनले बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  १ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको