७ चैत्र २०८२, शनिबार | March 21, 2026

मधु मरासिनी अर्थसचिवबाट हटाइए, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त



काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ ।

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि स्वागत गर्न समेत नपुगेका मरासिनीलाई अर्थबाट सरुवा गरेर सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । पुष्करले अर्को सचिव नआउनेबेलासम्म दुवै सचिवको रुपमा काम गर्ने दायित्व पाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।

यसैगरी सरकारले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेको छ । अमेरिका र चीनबीच बढ्दो तनाबका बीच सरकारले अमेरिकी लविमा वकालत गर्दै आएका सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : ५७ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका