४ पुस २०८२, शुक्रबार | December 19, 2025

मधु मरासिनी अर्थसचिवबाट हटाइए, प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण सुवेदी नियुक्त



काठमाडौं । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीको सरुवा गरेको छ ।

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएपछि स्वागत गर्न समेत नपुगेका मरासिनीलाई अर्थबाट सरुवा गरेर सरकारले तत्कालका लागि राजस्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिवको समेत जिम्मेवारी दिएको छ । पुष्करले अर्को सचिव नआउनेबेलासम्म दुवै सचिवको रुपमा काम गर्ने दायित्व पाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो ।

यसैगरी सरकारले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेको छ । अमेरिका र चीनबीच बढ्दो तनाबका बीच सरकारले अमेरिकी लविमा वकालत गर्दै आएका सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ४ : ५७ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ