१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

निर्वाचनमा तालमेलका लागि कार्यदल गठन गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा केन्द्रीय स्तरबाटै तालमेल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको औपचारिक निर्णय गरेको हो । तालमेलका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।

सरकारले बिहीबार आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषण गरेलगत्तै गठबन्धनका शीर्ष नेताहरुबीच तालमेलका लागि छलफल भएको हो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार सो कार्यदलले आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी काम गर्नेछ ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २-२ जनाको प्रतिनिधित्व रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । त्यस्तै जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् । यसैगरी कार्यदल सदस्यमा नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा रहेका छन् ।

बैठकले निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ भने माओवादी अध्यक्ष प्रचण्डको जापान भ्रमणकोलागि शुभकामाना दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै