२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्वाचनमा तालमेलका लागि कार्यदल गठन गर्ने सत्ता गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा केन्द्रीय स्तरबाटै तालमेल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेलको औपचारिक निर्णय गरेको हो । तालमेलका लागि कार्यदल गठन गर्ने सहमति भएको छ ।

सरकारले बिहीबार आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषण गरेलगत्तै गठबन्धनका शीर्ष नेताहरुबीच तालमेलका लागि छलफल भएको हो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार सो कार्यदलले आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुंग्याउने गरी काम गर्नेछ ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २-२ जनाको प्रतिनिधित्व रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र गगन थापा रहेका छन् । त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् । त्यस्तै जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ रहेका छन् । यसैगरी कार्यदल सदस्यमा नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा रहेका छन् ।

बैठकले निर्वाचनको मिति घोषणा गरेकोमा स्वागत गरेको छ भने माओवादी अध्यक्ष प्रचण्डको जापान भ्रमणकोलागि शुभकामाना दिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : २३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय