२२ भदौ २०८३, सोमबार | September 7, 2026

चीनको राष्ट्रिय एकतामा बाधा हुने कुनै पनि गतिविधिको विरोध गर्छौं : माओवादी केन्द्र



काठमाडौं । ताइवान संकटको विषयमा नेकपा माओवादी केन्द्रले मुख खोलेको छ ।

अमेरिकी सभामुख न्यासी पेलोसीले हालै ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच उत्पन्न कुटनीतिक तनातनी र ताइवानी जलक्षेत्रमा देखिएको सैन्य तनाबका बीच नेकपा माओवादीले आफ्नो प्रारम्भिक प्रतिक्रिया जनाएको हो ।

माओवादीले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति विरोध गर्ने जनाएको छ । माओवादीले नेपाल र आफ्नो पार्टी एक चीन नीतिप्रति प्रतिवद्ध रहेको पनि पुनः दोहोर्याएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेको छ, – ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।’

चीनको विरोधका बीच अमेरिकाको तेस्रो शक्तिशाली राजनीतिक व्यक्तित्व पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन र अमेरिकाबीच गम्भीर कुटनीतिक समस्या देखिएको छ । अमेरिकाले आफ्नो सार्वभौमसत्तामाथि अतिक्रमण गरेको आरोप लगाउँदै चीनले यसको उचित दण्ड दिने वाचा गरेको छ ।

बुधरबार मात्र चिनियाँ राजदूत होउ यान्छीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी अतिक्रमण विरुद्ध नेपाल आफ्नो पक्षमा उभिने विश्वास व्यक्त गरेकी थिइन । परराष्ट्र मन्त्रालयले पनि आजै पत्रकार सम्मेलन गरेर नेपालले ताइवान संकटको विषयमा नजिकबाट नियालीरहेको जनाउँदै नेपाल एक चीन नीतिमा स्पष्ट रहेको जनाएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ५ : १४ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा