१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

चीनको अपमान गर्ने अमेरिका र पृथकतावादी ताइवानीलाई कडा दण्ड दिइनेछ : विदेशमन्त्री वाङ यी



काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनको अपमान गर्नेलाई कडा दण्ड दिइने प्रतिवद्धता जनाएका छन् ।

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले चीनको ताईवानको उत्तेजनापूर्ण भ्रमण गरेपछि क्रुद्ध चिनियाँ नेताहरुले प्रतिक्रिया जनाउनेक्रममा विदेशमन्त्री वाङको कडा टिप्पणी आएको हो ।

आसियान मुलुकका विदेशमन्त्रीहरुको बैठकमा भाग लिन कम्बोडिया पुगेका वाङले अमेरिकाले ‘तथाकथित ‘लोकतन्त्र’ को आडमा आफ्नो देशको सार्वभौमसत्ता उल्लङ्घन गरेको आरोप पनि लगाए । उनले ताइवानका पृथकतावादी र अमेरिका विरुद्ध कडा जवाफ दिने वाचा गरे।

विदेशमन्त्री वाङले पेलोसीको भ्रमणलाई ‘बाहिरी प्रहसन’ भनेका छन् ।

आजै चिनियाँ विदेशमन्त्रालमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआ चुनयिङले ताइवान स्ट्रेट वरपर आफ्नो सैन्य अभ्यास आवश्यक र न्यायपूर्ण भएको जनाएकी छिन् ।

पेलोसीले ताइवान भ्रमण गरेर आफ्नो मुलुकको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको आरोप लगाउँदै चीनले सैन्यअभ्यास न्यायोचित भएको उनले जिकिर गरिन् । ‘चीनको ताइवान नजिकैको समुद्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यास राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न आवश्यक र न्यायपूर्ण उपाय हो’ विदेश मन्त्रालयकी प्रवक्ता हुआले ब्रिफिङमा भनिन् ।

उनले अगाडि भनिन्, ‘पेलोसीको ताइवान भ्रमणको अहिलेको सेरोफेरोमा अमेरिका उत्तेजक हो भने चीन पीडित । अमेरिका र ताइवानको संयुक्त उत्तेजना पहिला आयो, त्यसपछि चीनको बचाउ आएको हो ।’

सभामुख पेलोसीको भ्रमणप्रतिचीन क्रुद्ध छ । उसले ताइवानको उत्तरी, दक्षिण पश्चिम र दक्षिणपूर्वमा हवाई र समुद्रमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ४ : २९ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का