२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पहिरो पन्छाएपछि हुर्लुङ-जालपा सडक सुचारु



खोटाङ । पहिरो पन्छाएपछि खोटाङको हुर्लुङ-जालपा सडक सुचारु भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरको पोखरीमा खसेको पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।

उत्तरी क्षेत्रका केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका पुग्ने हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो बिहीबार पन्छाइएपछि सवारी साधन आउजाउ नियमित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

हुर्लुङ-जालपा सडक अन्तरगत हौंचुर पोखरीमा खसेको पहिरो तेस्रोपल्ट पन्छाइएको हो । पहिरो पन्छाउने क्रममा लाग्ने खर्च दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले संयुक्त रूपमा व्यहोर्ने मौखिक सहमति छ ।

अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ । गत १७ असार यताको वर्षाले पटक-पटक हुर्लुङ-जालपा सडक अवरुद्ध भएको छ ।

सडक ग्राभेल सुस्त

निर्माण कम्पनी रौता सुुसन आदित्य जेभीले हुर्लुङ-जालपा ८ किलोमिटर सडक ग्राभेलको ठेक्का लिएको छ । २४ महिनामा पुरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।

तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । वर्षामा अवरुद्ध सडक खुलाउने जिम्मा रौता सुुसन आदित्य जेभीको भए पनि बेवास्ता गरिरहेको वडाध्यक्ष राईले बताए ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पूर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । हुर्लुङ-जालपा सडक स्विस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो । सो सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ४२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार