२० श्रावण २०८३, बुधबार | August 5, 2026

आम्दा रोटरी चिल्ड्रेन पार्क सरसफाई



बुटवल । रोटरी क्लब बुटवल डाउनटाउनको आयोजनामा सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) परिसरमा रहेको रोटरी चिल्ड्रेन पार्क सरसफाई गरिएको छ ।

रोटरी क्लव अफ बुटवल डाउनटाउनको आयोजना तथा श्री नं २२ बाहिनी अडा योगीकुटी ब्यारेक, रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, बुटवल रामापिथेकस, बुटवल सिर्नजी, ईन्ट्याक्ट क्लब अफ एलायन्स डाउनटाउन, ईन्टरह्वील क्लब अफ बुटवल जितगढी लगायत संस्थाको सहयोग शुक्रबार कार्यक्रम गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सरसफाईमा सहभागी हुदै अस्पतालमा निमार्ण भएको पार्कलाई ब्यवस्थित र सौन्दयीकरण गर्ने काममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

क्लबका पुर्व अध्यक्ष पिताम्बर ज्ञवालीले नियमित सरसफाई र गोडमेलमा ध्यान दिनुपर्ने बताए । सन २००४ मा क्लबका अध्यक्ष यज्ञ प्रसाद कसजुको बेला गार्डेन बनाउने काम शुरुवात भएका भन्दै उनले केही वर्षसम्म फुलहरु गोडमेल र सरसफाईका लागि माली (कामदार) राखीएको बताए । सामाजिक संस्थाले वार्षिक रुपमा ५० हजार रुपैया बढी खर्च गरेर सौन्दयिकरणको काम गरेको उनले बताए ।

क्लबका अध्यक्ष भरत रानाले अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाहरुलाई थोरै समय भएपनि रिफ्रेस हुने गरि रोटरी क्लब अफ डाउनटाउनले रोटरी चिल्ड्रेन पार्क निमार्ण गरेको बताए । पार्कमा बस्दा थोरै समयभएपनि बिरामी र आफन्तलाई आनन्द र सितलता प्रदान गर्ने उनले बताए ।

कार्यक्रममा क्लबका एजि प्रेम भ्रुतेल, २२ नं बाहिनी का मेजर नरेश्वर अर्याल, डिष्ट्रिक ट्रर्निङ कोचेयर बिनोद कोईराला, कार्यक्रम संयोजक शंकर ज्ञवालीले पार्कको संरक्षणमा स्थानिय सरकारबाट पहल गर्नुपर्ने बताए । सरसफाई कार्यक्रमलाई बाहिनीका १ सय २० जना सैनिकहरुबाट श्रमदान गरिएको क्लब युथ चेयर तथा कार्यक्रम सहसंयोजक भानु केसीले बताए । करीब डेढ बिगाहा क्षेत्रफलमा रोटरी गार्डेन फैलिएको छ । पार्कमा बगैचा, रोटरीको लोगो, बिश्राम स्थल, बच्चाहरुलाई पिङ लगायतका पुर्वाधार निमार्ण भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : ५५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा