७ आश्विन २०८३, बुधबार | September 23, 2026

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा उनीहरुबीच भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको जानकारी दिइएको छ ।

उनीहरुबीच नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई आगामी दिनमा थप गतिशील बनाउँदै पारस्परिक हितका आधारमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गरेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ११ : ३७ बजे

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक