२८ मंसिर २०८२, आइतबार | December 14, 2025

दुबईमा आराम गर्दै सलमान



मुम्बई । बलिउड सुपरस्टार सलमान खान केही समययता चर्चामा छन् । गत जुन महिनामा उनलाई ज्यान मार्ने धम्की आएको थियो । यसपछि महाराष्ट्र सरकारले उनको सुरक्षा बढाएको थियो ।

सलमान लामो समयदेखि सुटिङमा व्यस्त छन् । यही व्यस्ततालाई मध्यनजर गर्दै सलमानले केही समयका लागि कामबाट ब्रेक लिएर दुबईमा आराम गरिरहेका छन् । केही समय अघि सलमान कामका लागि दुबई गएको भनिए पनि पछिल्लो रिपोर्ट अनुसार उनी त्यहाँ आराम गरिरहेका छन् ।

सलमान केही समययता लगातार फिल्म ‘टाइगर ३’ को सुटिङमा व्यस्त थिए । यही कारण उनी केही समयका लागि आराम लिनका लागि दुबई गएका हुन् । दुबईबाट फर्किएपछि उनी फिल्म ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन् ।

यो फिल्मको सुटिङ सेप्टेम्बरमा सुरु हुँदै छ । सलमान टेलिभिजनमा डान्स रियालिटी शो ‘नच बलिए’ निर्माण गर्दैछन् । उनले लोकप्रिय रियालिटी शो ‘बिग बोस १६’ को पनि होस्ट गर्दैछन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : २२ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको