४ बैशाख २०८१, मंगलबार | April 16, 2024

शालिक राम पाण्डेयको संयोजकत्वमा स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन भएको छ । साविकको कारिकोट चण्डी भञ्ज्याङ गाविसबाट बसाइसरी रुपन्देहीका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएकाहरुमा एकता र मेलमिलाप गर्ने उद्धेश्यले सम्पर्क समाज गठन भएको हो ।

शनिबार रुपन्देहीको शंकरनगर स्थित नेवा पुचको भवनमा उपस्थित भएको भेलाले शालिक राम पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाले सह संयोजक योजन बहादुर पाण्डे (क्षेत्री), सचिव इन्द्र प्रसाद पाण्डे, कोषाध्यक्ष यदुनाथ पाण्डेय र सह सचिव अम्मर बहादुर गेलाङ्लाइ चयन गरेको छ । त्यस्तै भेलाले फत्त बहादुर गाहा, जग बहादुर रेश्मी, चुम बहादुर लामिछाने, शेषकान्त कोइराला, हुमलाल सुवेदी, पिताम्वर शर्मा, यशपाल चौतारे, ध्रुव पाण्डेय, द्धार नाथ पाण्डेय, देव बहादुर दर्जी, टेक बहादुर झेंडी र केशवराज कोइराला, राधा पाण्डे खरेल, भवानी कुमारी थापा, कमल थापा दर्लामी र कुशानन्द न्यौपानेलाइ सदस्यमा चयन गरेको संयोजक शालिक राम पाण्डेयले जानकारी दिए ।

त्यस्तै भेलाले बालकृष्ण पाण्डेय, शोष कान्त पाण्डेय, रुद्र प्रसाद श्रेष्ठ, नैन सिंह राना र भुपाल सिंह झेंडीलाइ सल्लाहकार र दिनेश कुमार श्रेष्ठ (थैव) लाइ प्रेस संयोजक चयन गरेको पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : १४ बजे

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि