६ आश्विन २०८३, मंगलबार | September 22, 2026

शालिक राम पाण्डेयको संयोजकत्वमा स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन



बुटवल । स्याङ्जा कारिकोट चण्डी भञ्ज्याङ सम्पर्क समाज रुपन्देही गठन भएको छ । साविकको कारिकोट चण्डी भञ्ज्याङ गाविसबाट बसाइसरी रुपन्देहीका विभिन्न स्थानहरुमा बसोबास गर्दै आएकाहरुमा एकता र मेलमिलाप गर्ने उद्धेश्यले सम्पर्क समाज गठन भएको हो ।

शनिबार रुपन्देहीको शंकरनगर स्थित नेवा पुचको भवनमा उपस्थित भएको भेलाले शालिक राम पाण्डेयको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको छ ।

भेलाले सह संयोजक योजन बहादुर पाण्डे (क्षेत्री), सचिव इन्द्र प्रसाद पाण्डे, कोषाध्यक्ष यदुनाथ पाण्डेय र सह सचिव अम्मर बहादुर गेलाङ्लाइ चयन गरेको छ । त्यस्तै भेलाले फत्त बहादुर गाहा, जग बहादुर रेश्मी, चुम बहादुर लामिछाने, शेषकान्त कोइराला, हुमलाल सुवेदी, पिताम्वर शर्मा, यशपाल चौतारे, ध्रुव पाण्डेय, द्धार नाथ पाण्डेय, देव बहादुर दर्जी, टेक बहादुर झेंडी र केशवराज कोइराला, राधा पाण्डे खरेल, भवानी कुमारी थापा, कमल थापा दर्लामी र कुशानन्द न्यौपानेलाइ सदस्यमा चयन गरेको संयोजक शालिक राम पाण्डेयले जानकारी दिए ।

त्यस्तै भेलाले बालकृष्ण पाण्डेय, शोष कान्त पाण्डेय, रुद्र प्रसाद श्रेष्ठ, नैन सिंह राना र भुपाल सिंह झेंडीलाइ सल्लाहकार र दिनेश कुमार श्रेष्ठ (थैव) लाइ प्रेस संयोजक चयन गरेको पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : १४ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत