१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

आजका आवेदकले सोमबार र मंगलबार राहदानीको आवेदन पेस गर्न पाउने



काठमाडौं । राहदानी (पासपोर्ट) लिनको लागि प्रत्येक दिन ११ बजे आवेद फारख खुल्ने गरेको छ ।

गत मंगलबारबाट सुरु गरिएको यस व्यवस्थामा आज(आइतबार) का लागि प्राविधिक त्रुटिका कारण अत्यधिक मात्रामा अपोइन्टमेन्ट भएकाले त्यसलाई सोमबार र मंगलबारका लागि फारम पेस गर्ने मिति तोकिएको राहदानी विभागले एक सूचना जारी गर्दै जनाएको छ ।

विभागले आवेदन फारममा उल्लेख भएको अपोइन्टमेन्टहरु ००:००, ००:३०, १:३०, २:००, २:३०, ३:००, ३:३०, ४:०० र ४:३० लाई आजका लागि आवेदन फारम पेस गर्ने मिति तोकेको छ ।

यस्तै, आइतबार नै भएका अपोइन्टमेन्टहरु ५:००, ५:३०, ६:००, ६:३०, ७:००, ७:३०, ८:००, ८:३०, ९:०० र ९:३० लाई सोमबार र १०:००, १०:३०, ११:००, ११:३०, १२:००, १२:३०, १३:००, १२:३०, १४:०० र १४:३० को अपोइन्टमेन्टहरुलाई मंगलबार आवेदन फारम पेश गर्ने मिति तोकिएको विभागले जनाएको छ ।

विभागले एमआरपीको बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ५१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग