१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बारामा गाँजासहित २ जना पक्राउ



बारा । प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भईरहेको विशेष सूचनाको पाए लगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका-१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्त बहादुर लुम्बाले बोकेको झोला खानतलाशी गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : ०५ बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल