२७ भदौ २०८३, शनिबार | September 12, 2026

बारामा गाँजासहित २ जना पक्राउ



बारा । प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडकखण्डबाट दुई जनालाई दुई किलो गाँजासहित पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

रतनपुर तामागढी सडकखण्डमा गाँजा ओसार पसार भईरहेको विशेष सूचनाको पाए लगतै प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजगढ नगरपालिका-१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्त बहादुर लुम्बाले बोकेको झोला खानतलाशी गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक विशाल बानियाँले जानकारी दिए ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ११ : ०५ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले