२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप



भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउनयोग्य आठ लाख ३५ हजार ७९० जना थिए ।

लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धकोे पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चत घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकापछि जिल्लालाई पूर्ण खोप सुनिश्चत जिल्ला घाेषणा गर्न लागेकाे हाे ।

कोभिड १९ विरुद्धको पहिलो र दाेस्राे मात्रा १०२ प्रतिशतले लगाएका कारण जिल्लालाई पूर्ण खाेप सुनिश्चत जिल्ला घोषणा गर्न लागेकाे खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिले जनाएकाे छ ।

सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर जिल्ला कोभिड १९ विरूद्धको पूर्ण खोपयुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा रिजालले बताए । रुपन्देहीका १६ वटै पालिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड १९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चत भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन, निरीक्षण तथा भेरिफिकेसन हुन्छ, टोलीले प्रमाणित गर्ने प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ । रुपन्देहीको जनसंख्यामध्ये १०२ प्रतिशत अर्थात ८ लाख ५६ हजार ४७७ जनाले पहिलो मात्रा र ८ लाख ५३ हजार ७८ जनाले दोस्रो मात्राको खोप लगाएको खोप अधिकृत शर्माले बताए । लक्ष्यभन्दा १७ हजार दुई सय ८८ जना बढीले खोप लिएका छन भने बुस्टर खोप पनि तीन लाख १५ हजार २६७ जनाले लगाएका छन् ।

१६ पालिकामध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाका एक लाख २० हजार एक सय ६६ जनाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम लुम्बिनी साँस्कृतिक नगरपालिकामा ७० प्रतिशत अर्थात ४७ हजार ५७५ ले पूर्ण खोप लगाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ३३ बजे

कोरला सडक आयोजनामा आठ अर्ब खर्च

मुस्ताङ । यहाँको उत्तरदक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, बन्दसत्र १२:३० बजे सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक

विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै

काठमाडौँ । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौँ । ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत