४ चैत्र २०८२, बुधबार | March 19, 2026

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप



भैरहवा । रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरूद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउनयोग्य आठ लाख ३५ हजार ७९० जना थिए ।

लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड-१९ विरुद्धकोे पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चत घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित सबै नागरिकले कोभिड-१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकापछि जिल्लालाई पूर्ण खोप सुनिश्चत जिल्ला घाेषणा गर्न लागेकाे हाे ।

कोभिड १९ विरुद्धको पहिलो र दाेस्राे मात्रा १०२ प्रतिशतले लगाएका कारण जिल्लालाई पूर्ण खाेप सुनिश्चत जिल्ला घोषणा गर्न लागेकाे खोप सञ्चालन तथा व्यवस्थापनसम्बन्धी जिल्ला खोप समन्वय समितिले जनाएकाे छ ।

सरकारले तोकेका सबै प्रक्रिया पूरा गरेर जिल्ला कोभिड १९ विरूद्धको पूर्ण खोपयुक्त जिल्ला भएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा रिजालले बताए । रुपन्देहीका १६ वटै पालिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा पूरा गरी कोभिड १९ विरूद्धको पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चत भएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुगमन, निरीक्षण तथा भेरिफिकेसन हुन्छ, टोलीले प्रमाणित गर्ने प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता घोषणा हुन्छ । रुपन्देहीको जनसंख्यामध्ये १०२ प्रतिशत अर्थात ८ लाख ५६ हजार ४७७ जनाले पहिलो मात्रा र ८ लाख ५३ हजार ७८ जनाले दोस्रो मात्राको खोप लगाएको खोप अधिकृत शर्माले बताए । लक्ष्यभन्दा १७ हजार दुई सय ८८ जना बढीले खोप लिएका छन भने बुस्टर खोप पनि तीन लाख १५ हजार २६७ जनाले लगाएका छन् ।

१६ पालिकामध्ये सबै भन्दा बढी तिलोत्तमा नगरपालिकाका एक लाख २० हजार एक सय ६६ जनाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम लुम्बिनी साँस्कृतिक नगरपालिकामा ७० प्रतिशत अर्थात ४७ हजार ५७५ ले पूर्ण खोप लगाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ३३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन