२३ श्रावण २०८३, शनिबार | August 8, 2026

प्रधानमन्त्री देउवालाई भेट्दै महन्थ ठाकुर, सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा



काठमाडौं । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।

लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् ।

आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् ।

नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको छ । यसअघि पटकपटक लोसपा शीर्ष नेता र प्रधानमन्त्री देउवाबीच छलफल भइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ३ : ३६ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी