२३ श्रावण २०८३, शनिबार | August 8, 2026

निकुञ्जमा विद्युत् लाइन भूमिगत गर्न अनुमति



काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभी विद्युत् प्रसारण लाइन भूमिगत (अन्डरग्राउण्ड) गर्न अनुमति दिएका छन्।

मन्त्री यादवले नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधीन एक सय ३२ केभी विद्युत् प्रसारण लाइनअन्र्तगत ३३ केभी क्षमताको भूमिगत विद्युत् प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका हुन्। अनुमति नपाएर उक्त काम विगत तीन दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाट पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने बताइएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा अवस्थित उद्योग एवं घरायसी प्रयोजनका लागि प्रसारण हुने लाइनमा पटक–पटक ट्रिपिङ हुने, विद्युत् लाइन अवरुद्ध हुने, विद्युत्को गुणस्तर न्यून हुनेजस्ता समस्या भएपछि मन्त्री यादवले उक्त क्षेत्रमा विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएका थिए ।

विद्युत् प्रसारणमा पटक–पटक समस्या भएपछि त्यहाँँका उद्योग तथा नागरिक वर्षौँदेखि आजित बन्दै आएपछि मन्त्री यादवले नागरिकको सहजताका लागि विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिनुभएको उनको सचिवालयले जनाएको छ । मन्त्री यादवले विद्युत् प्रसारण लाइन भूमिगत गर्न अनुमति दिएपछि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मन्त्री यादवप्रति आभार व्यक्त गरेको छ ।

सङ्घले मन्त्रालयमा आज पत्र पठाएर मन्त्री यादवलाई धन्यवादसमेत दिएको उनका स्वकीयसचिव निखिल वरनवालले जानकारी दिए । विद्युत् प्रसारण लाइनका विषयमा पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताद्वारा हस्ताक्षरित उक्त पत्रमा उल्लेख गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवाबाठ पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभी क्षमताको विद्युत् प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्या समाधान हुने अध्यक्ष डा गुप्ताको विश्वास छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ३२ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी