२० बैशाख २०८१, बिहिबार | May 2, 2024

दीप बोर्डिङमा वाटरकलर वर्कसप सम्पन्न



बुटवल । दीप बोर्डिङ हाई स्कुलमा आइतवार वाटर कलर वर्कसप सम्पन्न भएको छ । आइडब्लुएस नेपाल लुम्बिनी प्रदेशको आयोजना, ड्यानियल स्मिथको सपोर्ट र दीप बोर्डिङ हाई स्कुल तथा कमर्सियल आर्टिस्ट संघ रुपन्देहीको पार्टनरसिपमा सम्पन्न एक दिने वाटरकलर वर्कसपमा दीप बोर्डिङ हाई स्कुलका कक्षा ४ र ९ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एन. बी. गुरुङ, समाजका संस्थापक सदस्य डी.बी. राई तथा नेपाल व्यावसायिक कलाकार संघ, रुपन्देहीका अध्यक्ष वेनप्रसादन थापाले प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रमको संयोजन अन्तर्राष्ट्रिय जल रङ समाज नेपाल, लुम्बिनी प्रदेश संयोजक तथा दीप बोर्डिङ हाई स्कुलकी चित्रकला प्रशिक्षक सुमित्राले गरेकी थिइन ।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एन. बी. गुरुङले चित्रकला र जलरङका बारेमा जानकारी गराएका थिए भने विद्यालयका प्राचार्य टीकाराम न्यौपानले दीप बोर्डिङ हाई स्कुललाई छनोट गरी विद्यार्थीहरूलाई जल रङ र चित्रकलाका बारेमा प्रशिक्षण प्रदान गराएकोमा प्रशिक्षक तथा कार्यक्रम संयोजकलाई हार्दिक धन्यवाद दिए ।

त्यसैगरी उनले प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विद्यालयको आकर्षक चित्र तयार गर्न निर्देशन दिँदै तयार हुने चित्रहरूमध्ये प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई आकर्षक पुरस्कार विद्यालयद्वारा प्रदान गरिने कुरा बताएका थिए ।

दीप बोर्डिङ हाई स्कुलका प्राचार्य टीकाराम न्यौपानेको सभाध्यक्षता, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, रेखा आचार्य, सन्दिप बस्याल लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुमित्रा रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन पुरुषोत्तम पाण्डेयले गरेका थिए ।

 

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ८ : ३२ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ