१७ चैत्र २०८०, शनिबार | March 30, 2024

सुक्खा पहिरोले माझगाउँ उच्च जोखिममा



खोटाङ । सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो ।

माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झन्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए ।

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएको छ ।

सो पहिरोले दिप्दीमावा-माझगाउँ-देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ ।

दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकैबीच पहिरो गएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : १६ बजे

अफ्रिकाका पुर्व राष्ट्रपति जुमालाई कारले ठक्कर दियो, बचे बालाबाल

काठमाडौं। दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

ताप्लेजुङ । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

बागलुङ । पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय

आइपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा