१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

संघीय सरकारविरुद्धको आन्दोलनमा अन्य प्रदेशले साथ दिने मधेश सरकारको विश्वास



जनकपुरधाम । एक सप्ताहभित्र प्रहरी समायोजन नभएर मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहसहितका मन्त्रीहरुले आइतबा प्रदेश प्रमुख हरिशंकर प्रसाद मिश्रलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता तथा उद्योग वन तथा पर्यटन मन्त्री सत्रुधन महतो, जनता समाजवादीका नेता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, कांग्रेसका नेता तथा खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माको लगायत विभिन्न पार्टीका प्रदेश सांसदहरु सभागिता रहेको थियो ।

पटक–पटक प्रहरी समायोजनको विषयमा संघीय सरकारलाई लिखित तथा मौखिक रुपमा ताकेता गर्दा पनि कुनै सुनवाइ नभएकोले आफूहरुले वाध्य भएर आन्दोलनमा जाने निर्णय गरेको मन्त्री साहले बताए ।

‘दुई वर्ष अघि नै हामीले प्रदेश प्रहरी ऐन बनायौ, संघीय प्रहरी ऐन र प्रहरी समायोजन ऐन पनि आएको एक वर्षभन्दा बढी भइसकेको छ, मन्त्री साहले भने,’ यतिको दिन भइसक्दापनि संघीय सरकारले किन प्रहरी समायोजनमा चासो देखाइरहेको छैन ? संविधानको एकल सूचीमा रहेको विषय कार्यान्वयन गर्न संघीय सरकारको के को टाउँको दुखाइ छ ? प्रदेश सरकार स्वायत्त सरकारको हो यो संघीय सरकारको कुनै अड्डा होइन भनेर बुझनु आवश्यक छ ।’

चुनाव घोषणा भए पनि अचारसंहिता अहिले लागु भएको छैन्, मन्त्रि साहले भने,‘ नियत ठिक भए कार्यान्वयमा कुनै समस्या हुँदैन । अझै समय छ । संघीय सरकारले यो विषयलाई गम्भिरतापुर्वक लिनुपर्छ ।’

मुख्यमन्त्रीसहित सबै पार्टीका मन्त्रीहरु कठमाण्डौ डेलिगेशन नै गएर प्रधानमन्त्री शेरवहादुर देउवा, तथा गठबन्धनका दलका शीर्ष नेताहरु भेटेर प्रहरी समायोजनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेको उनले जानकारी दिए । तर पनि संघीय सरकारले कुनै चासो नलिएको उनको भनाइ छ ।

त्यसकारण सभामुखको अध्यक्षतामा सबै दलका सर्वदलीय बैठकले प्रहरी समायोजनको लागि दबाब दिन शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेका छौं ।’

एक वर्ष अघि प्रदेश सभाबाट प्रहरी समायोजन हुनुपर्छ भनेर सार्वजनिक महत्वको प्रस्ताव सर्वसहमतिले पास गरेको मन्त्री साहले बताए । ‘संविधानमा शान्ति सुरक्षाको जिम्मावारी प्रदेश सरकारलाई दिएको छ,’ मन्त्री साहले भने, ‘तर प्रदेश सरकार गठन भएको पाँच वर्ष पुग्न लाग्दा पनि हामीसँग आफ्नो प्रहरी छैन, विना प्रहरीको सरकार हुन्छ ? नगरपालिकाहरुले आफ्नो नगर प्रहरी राखि सकेका छन् । तर हामीले एक जना प्रहरी जवान पनि राख्न सकेका छैनौं, न त जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन सकेका छौ ।’

आन्दोलन कस्तो हुन्छ भन्ने प्रश्नमा मन्त्री साहले भने,‘आन्दोलन शान्तिपूर्ण नै हुन्छ । तर कस्तो कार्यक्रम हुने भने विषयमा सर्वदलीय बसेर निर्णय गर्छौ ।’ आफूहरुको आन्दोलनमा अन्य प्रदेशको साथ, सहयोग रहने विश्वास लिएको उनको भनाइ छ ।

‘हाम्रो आन्दोलनमा अन्य प्रदेशको सहयोग र समर्थन रहन्छ भन्ने हामीले अपेक्षा गरेका छौं’ उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ४७ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको