१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउदै’ एनआरएनए परियोजना



लन्डन । विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन लागिएको हो ।

गैरआवासीय नेपाली संघको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिमखडाले जानकारी दिए । उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ ।

अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिमखडाले जानकारी दिए । परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ ।

परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।

सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन्।

कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की छन् ।

यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा. बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा. बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ५७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित