२१ बैशाख २०८३, सोमबार | May 4, 2026

पर्यटन प्रवर्द्धनका लागि दैलेखमा टिकटक प्रतियोगिता, उत्कृष्टलाई पुरस्कार



सुर्खेत । सिक्ने अभियानद्वारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रवर्द्धनका लागि आयोजना गरेको हो ।

धार्मिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिने महाबुको उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको प्रोजेक्ट ठुट्टेले जनाएको छ ।

टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु दैलेख अनिवार्य राख्नुपर्ने छ ।

नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीन हजार तीन सय रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, विजेताको फोटो (फ्रेमसहित) पाउने आयोजकले जनाएको छ । भदौ २० गतेसम्म प्राप्त हुने भ्युज र लाइकको आधारमा विजेता घोषणा हुनेछ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : १६ बजे

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,

शेखर गोल्छालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा

बुटवलमा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण : एकैदिन २२६ जनाको जाँच

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन