६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

मतदाता नामावलीमा दाबी बिरोधका लागि आयोगले दियो ७ दिनको समय



काठमाडौं । मंसिर ४ गतेका लागि तय भएको निर्वाचन कार्यक्रमका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी बिरोधको प्रकृया प्रारम्भ गर्ने भएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै मतदाता नामावलीका विषयमा भदौ १२ देखि १९ गतेसम्मका लागि दावी बिरोधको समय दिइएको जनाएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने लगायका विषयहरु कार्यक्रममा समावेश गरिएको जनाएको छ ।

तोकेको समयमा नामावली अद्यावधिक (दाबी बिरोध) कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ५५ बजे

संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ

आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व