२० बैशाख २०८१, बिहिबार | May 2, 2024

हुर्लुङ-जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता



खोटाङ । खोटाङको हुर्लुङ-जालपा (८ किलोमिटर) सडक मा खसेको पहिरो पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेको छ ।

जिल्लाका उत्तरी पालिका जोड्ने हुर्लुङ-जालपा सडक ग्राभेलको ठेक्का लिएको निर्माण कम्पनी रौता सुसन आदित्य जेभीले वर्षा याममा सडकका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउनमा बेवास्ता गरेको हो । २४ महिनामा पूरा गर्नेगरी रौता सुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का लागिसकेको सडकमा आउने अवरोध हटाउने जिम्मेवारी सम्वन्धित निर्माण कम्पनीको हुन्छ तर रौता सुुसन आदित्य जेभीले बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले सडकको अवरोध हटाइरहेको छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ ।

हुर्लुङ-जालपा सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ । गत १७ असार यताको वर्षाले पटक-पटक हुर्लुङ-जालपा सडक अवरुद्ध भएको छ । सो सडक खण्ड अन्तरगत हौंचुर पोखरीमा तेश्रोपल्ट खसेको पहिरो १८ साउनमा पन्छाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । सडक हिलाम्मे हुँदा यात्रा उत्तिकै कष्टकर हुनेगरेको छ ।

रौता सुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पुर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ । ठेक्का सम्झौता गरेको वर्षदिनमा निर्माण कम्पनीले हुर्लुङबाट करिब एकरडेढ किलोमिटर मात्र ग्राभेल गरेको छ । हुर्लुङ-जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ७ : १३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका