१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी बीच चीनको छिङताओमा भेटवार्ता हुँदै



काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यी बीच आज द्वीपक्षीय वार्ता हुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्का र चिनियाँ समकक्षी यीबीच चीनको छिङताओ सहरमा वार्ता हुन लागेको हो । द्विपक्षीय वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।

चिनियाँ विदेश मन्त्री यीले नेपाली टोलीको सम्मानमा आजै भोज दिने कार्यक्रम रहेको छ ।

चिनियाँ विदेशमन्त्री यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खड्का गएराति चीन गएका हुन् । खड्काको भ्रमण टोलीमा परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी पनि सहभागी छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि यो नै नेपालबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो । यसबीचमा चिनियाँ विदेशमन्त्री वाङ यी लगायत चिनियाँ कम्युनिष्ट पार्टीको उच्च नेतृत्वले भने नेपाल भ्रमण गरिसकेको छ ।

परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ८ : ४४ बजे

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।