१७ माघ २०८२, शनिबार | January 31, 2026

सीट बाँडफाँडका लागि गठबन्धन कार्यदलको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कार्यदलको दोस्रो बैठक बस्न लागेको हो । यसअघि दुई दिनअघि बसेको कार्यदल बैठकले कार्यदल संयोजकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई चयन गरेको थियो ।

आज दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको १६५ सिट र प्रदेशसभाको ३३० सिटलाई कसरी बाँडफाँट गर्ने भन्नेबारे छलफल हुनेछ ।

निर्वाचनमा गठबन्धनले देशव्यापी तालमेल गरेर जाने निर्णय शीर्ष नेताहरुको बैठकले गरेपनि सिट बाँडफाँट भने पेचिलो बन्ने प्रष्ट देखिएको छ । सत्ता गठबन्धनभित्रका दलहरुले आआफ्नो पार्टीको पोजिशन बलियो बनाउने गरी बैठकमा बार्गेनिङ गर्ने तयारी गरेका छन् ।

कांग्रेसले कम्तिमा पनि १०० सिट पाउने दाबी पेश गर्ने बताइएको छ । यस्तै माओवादी केन्द्रले पनि कम्तिमा तेस्रो ठूलो पार्टी बन्ने हैसियतसहित सिट प्राप्त गर्ने योजना बनाएको छ भने एकीकृत समाजवादीले कम्तिमा ४० सिट दाबी गरेर २५ भन्दा तल नघट्ने बताएको छ । यस्तै जसपा र राष्ट्रिय जनमोर्चाले यसअघि जितेका निर्वाचन क्षेत्र सोही दलले पाउने गरी बाँकीमा छलफल गर्नुपर्ने योजना बनाएको बताइएको छ ।

आजको बैठकमा भने सिट बाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ४३ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक