१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

बुटवलमा निकालियो सामुहिक गाईजात्रा (सापारु), यस्तो छ गाईजात्राको महत्व



बुटवल । आफ्ना १२ जना सदस्यहरुको मृत्यु भएको स्मरणमा नेवाः सेवा समिति बुटवलले गाईजात्रा (सापारु) लिकालिएको छ । यस वर्ष बितेका समितिका १२ जना सदस्यहरुको स्मरणमा समितिको अगुवाईमा गाईजात्रा निकालिएको छ ।

बुटवल ११ को गलामीपथबाट शुरु भएको सापारु देबीनगर, तिनकुने, जेसीज चौक, पारि बुटवल हुँदै गणेश मन्दिर पुगेर सम्पन्न भएको थियो । समितिका सदस्यहरु झककुमारी श्रेष्ठ, पार्वती श्रेष्ठ, रबिन्द्रलाल श्रेष्ठ, सुर्यकुमारी श्रेष्ठ, धर्मकुमारी श्रेष्ठ, लालबहादुर कर्माचार्य, चन्चली श्रेष्ठ, रम्भादेबी शैजु, तिलाकुमारी श्रेष्ठ, गंगादेबी श्रेष्ठ, बिमला श्रेष्ठ र बिश्व श्रेष्ठको स्मरणमा सापारु निकालिएको समितिका अध्यक्ष चिरन्जिबी श्रेष्ठले बताए ।

सामुहिक रुपमा चाडपर्व मनाउने परम्पराका थालनीले यस क्षेत्रका नेवार समुदायबिचमा एकता ल्याउने र आर्थिक रुपमा समेत मितब्यायी बनाएको उनले बताए । गाईजात्राका दिन नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी भजनकीर्तनका साथ नगर परिक्रम गर्दै देवालय पुग्ने र फर्किएर घरमा आई विर्सजन गर्ने परम्परा छ ।

यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । सास्कृतिक रुपमा धनी मानिने नेवार समुदायमा वर्षभरि नै धेरै चाडपर्वहरु रहेको छ । गाईजात्रालाई सापारु भनेर पनि मनाउने गरिन्छ । नेवारहरूको मौलिक पर्वको रुपमा रहेको र विशेष महत्व हुने हुदा यसको संरक्षणका लागी आफुहरुले संस्थागत रुपमा काम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

नगर परिक्रममा गरेका बासा, आफन्तहरुलाई समुहगत रुपमा ठाउँठाउँमा प्रसाद, चिसो पेय वितरण वितरण गरिएको थियो । दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने गाईजात्रामा सहभागी बासा, जोगीसहितलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ ।

नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको बताईन्छ । यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अझै पनि जारी छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ४ : २३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा