२९ बैशाख २०८१, शनिबार | May 11, 2024

साकेलाका चार कर्मचारीसहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि



खोटाङ । खोटाङको साकेला गाउँपालिकाका चार कर्मचारी सहित पाँच जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

पुनः कोभिड-१९ को महामारी फैलिन थालेपछि पदाधिकारी, कर्मचारी र कार्यालय आसपासका स्थानीय गरी ४८ जनाको एन्टीजेन परीक्षण गर्दा चार कर्मचारी र एक जना घरबेटीलाई संक्रमण पुष्टि भएको हो ।

दैनिक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा प्रवाह गरिरहेका जनप्रतिनिधि र कर्मचारीको स्वास्थ्य अवस्था बारे जानकारी लिनका लागि एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

संक्रमितलाई होमआइसोलेसनमा राखिएको छ । कर्मचारीलाई संक्रमण देखिए पनि गाउँपालिकाको कार्यालयको सेवा भने रोकिएको छैन । सामाजिक दुरी कायम गरेर सेवा प्रवाहको व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए । ‘कोभिड-१९ लागेको छ भनेर टेस्ट गरेको होइन । नागरिकसँग प्रत्यक्ष जोडिएका कर्मचारी र पदाधिकारीको स्वास्थ्य अवस्था बारेमा जानकारी दिएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न टेस्ट गरिएको हो,’ अध्यक्ष राईले भने, ‘सेवा प्रदान गर्ने पक्ष सुरक्षित भए मात्र नागरिक सुरक्षित हुन्छ । प्राप्त नतिजाका आधारमा नागरिकलाई संक्रमणबाट जोगाउने थप सुरक्षा अपनाउने छौँ ।’

खोटाङमा पुनः कोभिड-१९ को संक्रमण फैलिन थालेको छ । तर अन्य स्थानीय तहले एन्टीजेन परीक्षणमा भने चासो दिएका छैनन् ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २४ बजे

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा

काठमाडौं । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकास्थित नेपालकै उत्कृष्ट पर्यटकीय

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं । भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने

इभी बजारको विश्वव्यापी नेतृत्व गर्नबाट चीनलाई रोक्न सम्भव छैन

केही अमेरिकी र युरोपेली राजनीतिज्ञहरूले चीनको इलेक्ट्रिक वाहन उद्योगमा औंला

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौडा  । बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो