२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा पाकिस्तानी दूतावासद्वारा ‘नेपाल और उर्दू अदब’ कार्यक्रम आयोजना



काठमाडौं । ७५औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपाल और उर्दू अदब नामक साहित्यिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल र पाकिस्तानबीचको साहित्यिक सम्बन्धलाई उजागर गर्नु र विशेषगरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउन कार्यक्रम आयोजना गरिएको पाकिस्तानी दूतावासले जनाएको छ ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमको प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा राजनीतिज्ञ, सेवानिवृत्त तथा सेवानिवृत्त पदाधिकारी, बुद्धिजीवी, सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार, विश्लेषकलगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

नेपाल, पाकिस्तान र युएईका प्रसिद्ध कविहरू डा जुबैर फारुक, डा. साकिब हारूनी, सैयद खालिद मोहसिन, सहर महमूद, इम्तियाज वाफा, जमशीद अन्सारी, फुरकान फैजी, असद कामरान, भोन निस्तज, शान्ति शर्मा, जफर अहमद अलिग र संगीता पामगारले कार्यक्रममा आआफ्नो साहित्यिक रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाली लेखक तथा कवि डा अब्दुल मुबीन खानद्वारा लिखित पुस्तक “अहाङ–ए–हिमाला” पनि लोकार्पण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षामन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा पाकिस्तान सरकारको प्रयासको प्रशंसा गर्दै दुवै देशका नेपाली र उर्दू भाषी कविहरूलाई एकै ठाउँमा ल्याएर साहित्यिक कार्यक्रम आयोजना गरेकोमा पाकिस्तानी दूतावासको प्रशंसा गरे।

विशेष अतिथि गंगाप्रसाद उप्रेतीले साहित्यको प्रवद्र्धनमा पाकिस्तानी दूतावासले गरेको प्रयासको प्रशंसा गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले सहभागी सबै कवि तथा लेखकहरूको प्रशंसनीय योगदानको प्रशंसा गरे । उनले विभिन्न क्षेत्र र देशका मानिसहरूलाई एकै ठाउँमा ल्याउन उर्दूको भूमिकालाई समेत प्रकाश पारे। उनले नेपाल र पाकिस्तानका साहित्यिक निकायहरूबीचको सहकार्यात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ९ : ०७ बजे

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

कञ्चनपुर । अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय

आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र