८ चैत्र २०८२, आइतबार | March 23, 2026

‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा, तीब्र गतिमा हाक्नेलाइ अन द स्पट कारबाही



भैरहवा । तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारवार्ही थालिएको हो । रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरेका छौ । पहलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छु’, प्रमुख केसीले भने ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका छन् ।

‘पहिलो दिन हामीले जिल्लाको विभिन्न ठाँउबाट ३२ वटा सवारीसाधनका चालकलाई कारवाही गरेका छौ, जसमध्ये जसमध्ये २३ वटा चार पांग्रे गाडी, आठवटा मोटरसाइकल र एउटा ई–रिक्सा रहेको छ । त्यस्तै दोस्रो दिन ३८ र तेस्रो दिन ४२ सवारीसाधनलाई ५ सय जरिमानासहित कारवाही गरेका छौ’, केसीले भने ।

रुपन्देहीमा आव २०७८/०७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाले ज्यान गुमाएका छन्। सवारी दुर्घटनाहरूमा धेरै तीब्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन् । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, ट्रिपर हाइवा चेकजाचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १० : ०९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय