२० बैशाख २०८१, बिहिबार | May 2, 2024

रुकुम पूर्वमा प्रहरीको गाडी पल्टिँदा एकको मृत्यु, डिएसपीसहित पाँच घाइते



रुकुमपूर्व । रुकुमपूर्व मा नेपाल प्रहरीको गाडी पल्टिँदा एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

उक्त दुर्घनामा परी सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । मृतक सुरक्षाकर्मीको पहिचान खुल्न सकेको छैन ।

सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिए ।

गाडीमा चालकसहित नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन्द्र श्रेष्ठ र अन्य गरी ६ जना सवार थिए ।

सशस्त्रका डिएसपी श्रेष्ठसहित अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  १ : ४८ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य