२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

वडा अध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेका कारण काम नगर्ने प्रवृत्ति बढ्यो : भौतिक पूर्वाधार मन्त्री राई



वीरगंज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले वडा अध्यक्षदेखि सांसदसम्म ठेकेदार बनेका कारण काम नगर्ने प्रवृत्ति बढेको बताएका छन् । ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

वीरगंजमा शनिबार नवनिर्मित तिलावे पुलको उद्घाटन गर्दै उनले नेता पनि बन्ने ठेकेदार पनि बन्ने गरिएका कारण काममा ढिलासुस्ती हुने गरेको बताए । उनले काम समयमा समपन्न नगर्ने र काममा गुणस्तरियता कायम नगर्ने ठेकेदार नेता नै भएपनि कारवाही गर्ने चेतावनी दिए ।

‘जनताप्रति उत्तरदायी नहुने नेतालाई ‘नमस्कार’ गर्नु नै ठीक हुन्छ ।’ उनले भने, ‘जिम्मेवारी लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्छौं ।’ उनले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु भन्दा लाइसेन्स खारेज गर्नु उपयुक्त हुने पनि बताए ।

मुद्धा हालेर विकासमा अवरोध सिर्जना गर्नेलाई जनताले चिन्नुपर्ने उल्लेख गर्दै उनले आफू मन्त्री हुँदा ८२ वटा पुल अलपत्र रहेकामा त्यसलाई ३४ मा झारेको दावी गरे । उनले संघको जिम्मेवारीमा रहेका सडक, पुल लगायतका आयोजनाको काम समयमै सक्ने वतावरण बनाउन सडक विभागका महानिर्देशकलाई मञ्चबाटै निर्देशन दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : ०१ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम