१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बुटवल उपमहानगरमा न्यायिक समितिबाट विवाद निरुपण गर्न शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको न्यायिक समितिले ६ वटा विवाद निरुपण गरेको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि दर्ता भएका २० वटा विवादमध्ये ६ वटा विवाद निरुपण गरेको हो ।

उपप्रमुख तथा न्यायिक समिति संयोजक सावित्रादेवी अर्यालले २० वटा विवाद दर्ता भएकोमा ६ वटा विवाद निरुपण गरेको र १४ वटा प्रक्रियामा रहेको बताइन् ।

न्यायिक समिति संयोजक अर्यालका अनुसार बुटवल उपमहानगरमा नयाँ नेतृेत्व आएपछि ७ वटा इजलास र २ वटा न्यायिक समितिको बैठक बसेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) अन्तरगत अघिल्लो आर्थिक वर्षबाट ९ वटा मुद्दा जिम्मेवारी सरेर आएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा, सार्वजनिक बाटोसम्बन्धी विवाद न्यायिक समितिमा आएका छन् । यस्तै श्रीमान् श्रीमतीबीचको विवादलाई श्रीमतीलाई खानलाउन र बालबच्चालाई शिक्षादिक्षाको व्यवस्था मिलाउने गरी मेलमिलाप गराइएको न्यायिक समिति संयोजक अर्यालले बताइन् ।

संविधानको धारा २१७ अनुसार बनेको न्यायिक समितिले विभिन्न ११ विषयमा मिलापत्र गर्न सक्छ भने मेलमिलापको नीतिले नछुने विषयमा भने सुनुवाई कक्षले निर्णय गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ३७ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

धनगढी । – (नाउपा)का सुदूरपश्चिमका दुई बिना विभागीय मन्त्रीहरूले कार्यभार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं । गत फागुन २३ गते बिहान ४ः४० बजे सुलोचना

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौं । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा