५ आश्विन २०८३, सोमबार | September 21, 2026

पर्रोहा बोलबम धाममा सञ्चालित १ महिने निशुल्क स्वस्थ्य सिबिर सम्पन्न , ६ हजार बिरामीले लिए लाभ



बुटवल । श्रावण एक गते देखि १ महिनाको लागि सञ्चालन गरिएको स्वास्थ्य सिबिर सम्पन्न भएको छ । सहयात्रा राष्ट्रका लागि युवा र सैनामैना जेसिस रोटार्याक्ट क्लब अफ कोटिहवाको संयुक्त आयोजनामा सञ्चालित निशुल्क स्वस्थ्य सिबिर आज सम्पन्न भएको हो ।

३० दिन चलेको सिबिरमा ५हजार ९८० जनाले स्वस्थ्य लाभ लिएको आयोजकले जनाएका छन् । सो अवधिमा २ हजार ७४५ जनाको सुगर परिक्षण गरिएको टिचिङ अस्पताल मनोरोग बिभागका डाक्टर निकोलस भुसालले जानकारी दिए । उनको नेतृत्वमा यसअघि झापा देखि दार्चुला सम्म ४३८ वटा स्वस्थ्य सिबिर सञ्चालन गरिएको पनि उनले बताए ।

भुसालका अनुसार सिबिरमा १ हजार ७८३ जना रुघा खोकिका बिरामी, १ हजार ५६४ जना हाड जोर्नी सम्बन्धी, १ हजार ३५४ जना टाउको र नसा सम्बन्धी, १ हजार ३२३ छाला सम्बन्धि, ७६८ स्त्री प्रसुतीका तथा ६५४ जना मनोरोगका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसैगरि सर्जरी सम्बन्धि ५४५ जना, नाक कान घाँटी सम्बन्धी १ हजार ३८७ जना र आँखा सम्बन्धि ४०० जना बिरामीले सिबिरबाट सेवा लिएका थिए ।

स्वस्थ्य नेपाल खुसी नेपाली अभियान अन्तर्गत सिबिर सञ्चालन गरिएको उल्लेख गर्दै डा. भुसालले सबैको स्वस्थ्य र शिक्षामा सबैको पहुँच पुर्याउनु मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ४४ बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।