४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पर्रोहा बोलबम धाममा सञ्चालित १ महिने निशुल्क स्वस्थ्य सिबिर सम्पन्न , ६ हजार बिरामीले लिए लाभ



बुटवल । श्रावण एक गते देखि १ महिनाको लागि सञ्चालन गरिएको स्वास्थ्य सिबिर सम्पन्न भएको छ । सहयात्रा राष्ट्रका लागि युवा र सैनामैना जेसिस रोटार्याक्ट क्लब अफ कोटिहवाको संयुक्त आयोजनामा सञ्चालित निशुल्क स्वस्थ्य सिबिर आज सम्पन्न भएको हो ।

३० दिन चलेको सिबिरमा ५हजार ९८० जनाले स्वस्थ्य लाभ लिएको आयोजकले जनाएका छन् । सो अवधिमा २ हजार ७४५ जनाको सुगर परिक्षण गरिएको टिचिङ अस्पताल मनोरोग बिभागका डाक्टर निकोलस भुसालले जानकारी दिए । उनको नेतृत्वमा यसअघि झापा देखि दार्चुला सम्म ४३८ वटा स्वस्थ्य सिबिर सञ्चालन गरिएको पनि उनले बताए ।

भुसालका अनुसार सिबिरमा १ हजार ७८३ जना रुघा खोकिका बिरामी, १ हजार ५६४ जना हाड जोर्नी सम्बन्धी, १ हजार ३५४ जना टाउको र नसा सम्बन्धी, १ हजार ३२३ छाला सम्बन्धि, ७६८ स्त्री प्रसुतीका तथा ६५४ जना मनोरोगका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसैगरि सर्जरी सम्बन्धि ५४५ जना, नाक कान घाँटी सम्बन्धी १ हजार ३८७ जना र आँखा सम्बन्धि ४०० जना बिरामीले सिबिरबाट सेवा लिएका थिए ।

स्वस्थ्य नेपाल खुसी नेपाली अभियान अन्तर्गत सिबिर सञ्चालन गरिएको उल्लेख गर्दै डा. भुसालले सबैको स्वस्थ्य र शिक्षामा सबैको पहुँच पुर्याउनु मुख्य उद्देश्य रहेको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ४४ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता