२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

एनपिएल : चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित



काठमाडौँ । काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा लगातार चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा उसले आज चितवन राइनोजलाई १० रनले हराएको हो ।

चितवनको यो तेस्रो पराजय हो । आजको खेलमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । खेलमा रवि बोपाराले अर्धशतकीय पारी खेले ।

उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रनको पारी खेलेका हुन् । यस्तै, डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए । काठमाण्डुका लागि बलिङतर्फ सहान अराचिगेले दुई, कप्तान करण केसी, सन्तोष यादव, कामिल मिसारा, जहानदाद खान र गणेश गौतमले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो ।

उसका लागि रशिद खानले अर्धशतकीय पारी खेले । उनले ३० बलमा चार छक्का र दुईचौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो ।

यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले तीन, कप्तान सिकन्दर रजा र कमल सिंह ऐरीले दुई–दुई र डान मोस्लीले एक विकेट लिए ।

जितपछि काठमाण्डु अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले पाँच खेलबाट आठ अङ्क जोडेको छ ।

चितवनसँग पाँच खेलबाट पाँच अङ्क मात्र छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  १० : ५५ बजे

एनपिएल : चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित

काठमाडौँ । काठमाण्डु गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

देउसी–भैलोलाई २४ सै घण्टा सञ्चालन गर्न गृहको अनुमति

काठमाडौँ । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

हङकङ । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत