६ बैशाख २०८३, आइतबार | April 19, 2026

उत्तर कोरियाद्वारा दुई वटा क्रुज मिसाइल प्रहार



प्योङयाङ । उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।

‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै एएफपीलाई जनाएको छ । अमेरिका र दक्षिण कोरियाका सैन्य अधिकारीहरूले उत्तरको मिसाइल प्रहारबारे विस्तृत विवरणहरूको विश्लेषण गरिरहेका पनि अधिकारीहरूले जनाएका छन् ।

योनहाप समाचार एजेन्सीका अनुसार उत्तर कोरियाले जनवरीदेखि क्रुज मिसाइल परीक्षण गरेको थिएन । पछिल्लो पटक प्योङयाङले जुलाई १० मा हतियार परीक्षण गरेको थियो । त्यतिबेला उसले धेरै रकेट लन्चरहरू फायर गरेका थिए ।

उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धित हतियार परीक्षण गरेको थियो ।

विश्वबाटै एक्लिएको प्योङयाङले आफ्नो सातौं आणविक परीक्षणबारे योजना गरिरहेको बताइएको छ । यस हप्ताको सुरुमा, दक्षिण कोरियाली र अमेरिकी सैन्य सेनाहरूले उनीहरूको वार्षिक संयुक्त सैन्य अभ्यासअघि नै प्रारम्भिक अभ्यास सुरु गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  १ : ४७ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको