१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माथिल्लो दोर्दी ए निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत उत्पादन भएन



लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।

लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएको छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेको छैन ।

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाको हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । असोज २०७१ सालबाट निर्माण थालिएको यो आयोजनाले असोजमसान्त २०७४ देखि व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर पटक–पटक निर्माण कार्य प्रभावित हुँदँ निर्धारित समयमा पूरा हुन सकेन ।

आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ । तर, राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ ।

अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्‍याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत उत्पादन गर्न मात्रै बाँकी रहेको वस्तीले बताए ।

सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माणअवधि लम्बिँदै आएको हो । हाल आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पुर्‍याई विद्युत उत्पादनको तयारी भएको छ ।

आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धन कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता ९पीपीए०भएको छ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ११ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर