२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

४ महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति



काठमाडौं । विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा भएका विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

सो समयमा १ हजार ४२१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १५७ जनाको मृत्यु, ३ जना वेपक्ता र ३७७ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

बितेको चार महिनामा सबैभन्दा बढीको मृत्यु चट्याङका कारण भएको छ । यसवर्ष चट्याङ लागेर ५६ जनाको मृत्यु भइसकेको छ । चट्याङ लागेर १४९ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार गत वैशाखदेखि साउनसम्म पहिरोमा परी २८, बाढीमा परी ८, सर्पको टोकाईबाट १५, आगलागीमा परी १९, भारीवर्षाका कारण ५, हुरीबतासका कारण ९, जनावरको आक्रमणबाट १६ र वन डढेलोमा परी १ जनाको मृत्यु भएको छ ।

विपद्का घटनाबाट यस वर्ष १ हजार ८ सय घरपरिवार प्रभावित भइसकेका छन् ।

पछिल्लो चार महिनामा विपद्का घटनाले ८५ करोड ३७ हजार ८६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । आगलागीका घटनाबाट यस अवधिमा ७० करोड ९९ लाख ८५ हजार ९६० रुपैयाँको आर्थिक क्षति गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो चार महिनामा पहिरोले ६ करोड ५७ लाख ७७ हजार ७ सय रुपैयाँ, बाढीले १ करोड ७ लाख ४२ हजार रुपैयाँ, चट्याङले ३० लाख ७४ हजार रुपैयाँ, भारीवर्षाले १ करोड ८७ लाख ४२ हजार ८ सय रुपैयाँ, हुरीबतासले २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ, भूकम्पले ८ लाख ३० हजार रुपैयाँ, जनावरको आक्रमणबाट ३० लाख ८८ हजार ६ सय रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

अघिल्लो वर्ष अर्थात २०७८ सालको सोही अवधि ९वैशाखदेखि साउनसम्म०मा १ हजार ४५४ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी १७५ जनाको मृत्यु, ४० जना वेपक्ता र ३८७ जना घाइते भएका थिए । सो अवधिमा विपद्का घटनाबाट १ हजार ९२३ परिवार प्रभावित भएका थिए भने ८९ करोड ४० लाख ४८ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

 

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ४ : ५८ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व