२१ बैशाख २०८३, सोमबार | May 4, 2026

लुम्बिनी फोटोग्राफर संघको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । लुम्बिनी फोटोग्राफर संघले १८३ औँ विश्व फोटोग्राफी दिवसको अवसर पारेर सप्ताह ब्यापी कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रम अन्तरगत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघका अध्यक्ष मनिष पन्थको अध्यक्षता, नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईंको प्रमुख अतिथ्यता, केन्द्रिय सदस्य माधव प्रसाद पन्थ, कमला तिवारी लगायतको आतिथ्यता रहेको थियोे । बुटवल अमरपथस्थित रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा संघका सदस्यहरुको सहभागीता रहेको रहेको थियो ।

अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत नपाएर कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष पन्थले बताए । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले रचनात्मक कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रमको संयोजक बेचेन्द्र यादवले गरेका थिए भने, सञ्चालन संघका महासचिव माधव प्रसाद पन्थले गरेका थिए ।

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ८ : ०५ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो