१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महिला साफको नयाँ तालिका बुधबार आउने



काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघलाई प्रतिबन्ध लगाएसँगै महिला साफ च्याम्पियनसिप प्रतियोगिताको तालिका परिवर्तन हुने निश्चित छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले अर्को महिना नेपालमा हुने साफ महिला च्याम्पियनसिपको नयाँ तालिका अर्को बुधबार मात्रै सार्वजनिक गर्ने भएको छ ।

यदी फिफाको प्रतिबन्ध कायम रह्यो भने सेप्टेम्बर ५ देखि श्रीलंकामा हुने तय भएको साफ यु १७ परिवर्तन हुने साफले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

महिला साफ च्याम्पियनसिपको हकमा भने समूह र ढाँचा उस्तै रहने र ६ टिमलाई दुई समूहमा विभाजन गरिने साफको विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकमा अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव र श्रीलंका फुटबल संघका अध्यक्षले प्रतियोगिताको तयारी राम्रो भएको र सरल ढंगले सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

साफ महिला च्याम्पियनसिप असोज ११ गतेदेखि दशरथ रंगशालामा हुने तय भइसकेको छ ।

यस्तै, साफले आफ्नो बार्षिक क्यालेन्डर समेत सार्वजनिक गरेको छ । जसमा उमेर समूहको खेललाई प्राथमिकमा राखिएको छ ।

आगामी कार्यक्रम:

साफ यु २० महिला च्याम्पियनसिप-२०२३

साफ यु १७ महिला च्याम्पियनसिप-२०२३

साफ यु १९ च्याम्पियनसिप-२०२३

साफ यु १६ च्याम्पियनसिप-२०२३

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ८ : ०९ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको