५ आश्विन २०८३, सोमबार | September 21, 2026

लुम्बिनी शिक्षालयका विद्यार्थीसहित ३ संस्थाले बुटवलको ज्योतिनगरमा गरे संयुक्त वृक्षारोपण



बुटवल । बुटवलको लुम्बिनी शिक्षालयसहित ३ संस्थाको संयुक्त आयाजनामा शुक्रबार बुटवलको ज्योतिनगरमा वृक्षारोपण सम्पन्न गरेको छ ।

बुटवल-९ कालिकानगरमा अवस्थित लुम्बिनी शिक्षालयका विद्यार्थीहरुको सहभागितामा लायन्स क्लब अफ बुटवल पिस र लायन्स क्लब अफ लुम्बिनी ईन्जिनियर्सले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।

बुटवलको पहिरो रोकथामका लागि दिर्घकालिन योगदान पुग्नुका साथै वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको लुम्बिनी शिक्षालयका प्रिन्सिपल पुस्कर थापा क्षेत्रीले जानकारी गराए । करिब ८० जना सहभागीहरुबाट करिब ३ सय विरुवा लगाइएको थियो ।

तेजपत्ता, बाँस लगायत प्रजातिका विरुवाहरु लगाइएको थापाले जानकारी दिए । लायन्स क्लब अफ बुटवल डिस्ट्रि ३२५ पी का डिस्ट्रिक सल्लाहकार कुसुमराज ज्ञवाली विरुवा लगाउनुभन्दा यसको संरक्षण महत्वपूर्ण विषय भएको उल्लेख गरेका थिए । पहिरो क्षत्रमा लगाइएका बोट विरुवा संरक्षणका लागि सरकारले समेत ध्यान दिनु पर्ने उनले बताए ।

यसैगरी क्लबका जोन चेयर पर्सन (रिजन ८ जोन १७) का मनिष खनाल, ज्योतिनगर क्षेत्र बिकास परिषद, टोल बिकास संस्था तथा पहिरो नियन्त्रण समितिका अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रमलाई संयोजन गर्ने आयोजक संस्थाका अमित खनालले वृक्षारोपणका कार्यक्रमलाई निरन्तरता दिँदै यसको संरक्षणमा समेत जोड दिए ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ७ : १६ बजे

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा

म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र

‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

त्रिशूली । बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका-१ ढुङ्गेका छत्र प्याकुरेल

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध

संघीय संसद्का दुवै सदनको बैठक आज, दुई विधेयक कार्यसूचीमा

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।