१६ माघ २०८२, शुक्रबार | January 31, 2026

हामीले सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं : राष्ट्रपति भण्डारी



काठमाडौं । कांग्रेस नेता एवं सांसद प्रदीप गिरिको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् ।

नेता गिरिको गएराति ९ः३० बजे उपचारका क्रममा निधन भएको थियो । क्यान्सरबाट पीडित नेता गिरि एक महीनादेखि उपचाररत थिए ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत नेता गिरिको निधनको खबरले अत्यन्त दुःखी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले शनिबार नेता गिरिको स्वास्थ्य अवस्थाको जानकारी लिन मेडिसिटी अस्पताल पुगेकी थिइन् ।

राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’

नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन् ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ७ : ४८ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी