९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

गिरीको शोकमा ३ दिनसम्म कांग्रेसले पार्टी झण्डा झुकाउने, भोलि देशभरका कार्यालय बन्द



काठमाडौं। नेपाली कांग्रेसले प्रदीप तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी नेता एवं सांसद प्रदीप गिरिको निधनको शोकमा कांग्रेसले झण्डा झुकाउने निर्णय गरेको हो ।

आइतबार आकस्मिक रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय सहित देशभरका सबै कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको हो । यसबीचमा श्रद्धान्जली बाहेकका अन्य कुनै पनि कार्यक्रम नगर्ने समेत निर्णय गरिएको छ ।

यसैगरी भोलि सोमबार सबै पार्टी कार्यालयहरु बन्द हुनेछन् भने १३ दिनसम्म कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय पनि कांग्रेसले गरेको छ । १६ गते शोकसभाा हुनेछ ।

कांग्रेस नेता एवं सांसद गिरीको शनिबार राति निधन भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४८ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।