२१ बैशाख २०८३, सोमबार | May 4, 2026

नुवाकोटमा महिलामाथि हतियार प्रहार



नुवाकोट । नुवाकोटको तादीमा धारिलो हतियार प्रहारबाट एक महिला घाइते भएकी छन् । तादी गाउँपालिका-५ गोरे घर भएकी ५० वर्षीया दुर्गा न्यौपानेमाथि स्थानीय ४० वर्षीय शम्भु तामाङले आइतबार हँसिया प्रहार गर्दा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

महिलामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

घाइते महिलालाई उपचारका लागि स्थानीय खरानीटार अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको छ । गम्भीर घाइते महिलाको हाल काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ९ : ३६ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र