२१ बैशाख २०८३, सोमबार | May 4, 2026

इमरान खानमाथि प्रहरी अनुसन्धान



इस्लामाबाद । पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् ।

पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् ।

खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपको निन्दा गरेका थिए ।

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ८ : ०० बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र