२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने



काठमाडौं । पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए ।

कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गरे । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो ।

३९ वर्षपछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताए ।

पोखराका मेयर धनराज आचार्यले स्थानीय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए ।

प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ८ : ०३ बजे

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल

पौने तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पोखरा । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा