१६ बैशाख २०८३, बुधबार | April 29, 2026

पोखरामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने



काठमाडौं । पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौं खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए ।

कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौं राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गरे । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो ।

३९ वर्षपछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताए ।

पोखराका मेयर धनराज आचार्यले स्थानीय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए ।

प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ८ : ०३ बजे

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता