२५ श्रावण २०८३, सोमबार | August 10, 2026

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे काठमाडौंमा सम्मेलन हुने



काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले अन्तराष्ट्रिय सम्मेलनबारे जानकारी दिएका हुन् । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् भने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नेछन् ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका ७० जना विज्ञहरू सहभागी हुने जानकारी दिइएको छ । जसमध्ये भारतबाट ३८ जना विज्ञ आउनेछन् ।

पत्रकार सम्मेलनमा डा. अधिकारीले भने, ‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’

नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनय कुमार मिश्रले जानकारी दिए । सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।

 

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  १ : २९ बजे

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौं । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन

रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न प्रचण्डको सरकारसँग आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँ

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका–१ शाहीचोकमा आज